कमलविनायक-नगरकोट सडकखण्डको अनुगमन, मन्त्री श्रेष्ठले भने- यो काम चाहिँ हुनुपर्छ


काठमाण्डु- उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले कमलविनायक-नगरकोट सडकखण्डको अनुगमन गरेका छन् ।

बुधबार मन्त्री श्रेष्ठ र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवसहितको टोलीले भक्तपुरको कमलविनायक-नगरकोट सडकखण्ड अनुगमन गरेका हुन् ।

सडकखण्ड अनुगमन पछि मन्त्री श्रेष्ठले ठेकेदारको उपेक्षाको कारण कमलविनायक-नगरकोट सडक मर्मत अलपत्र परेको भन्दै अब सरकारले नसहने बताए ।

त्यस्तै उनले अब काम गरेर देखाउनेसमेत दाबी गरेका छन् । ‘चिन्ता र चासो व्यक्त गर्ने ठाउँछ, त्यसकारण जनतालाई हामीले सम्मान गर्नुपर्छ । तर यो काम चाहिँ हुनुपर्छ । काम हुन्छ ।’, उनले भने ।

कमलविनायक-नगरकोट सडकखण्ड शैलुङ कन्स्ट्रक्सनले ठेक्का पाएको छ । पटक पटक म्याद थप्दा पनि काम सम्पन्न नहुँदा यो रुग्ण आयोजनामा परेको छ । निर्माणको ढिलासुस्तीबाट जनताले वर्षौंदेखि सास्ती खेपिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement