कोभिड–१९ संक्रमणको खतरा अन्त्य भएको होइन, ध्यान दिऔंः नारायणकाजी श्रेष्ठ


काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले लकडाउन अन्त्य भए पनि कोरोना भाइरसकाे संक्रमण यथावत रहेकाले सचेत रहन आग्रह गरेका छन् । सरकारले मंगलबार रातिबाट लकडाउन अन्त्य भएको घोषणा गरेपनि जोखिम कायमै रहेको उनको तर्क छ ।

बुधबार सामाजिक सञ्जालमा प्रवक्ता श्रेष्ठले स्वास्थ्य प्रोटोकलको पालनासहित आवश्यक सावधानी अपनाउन सुझाव दिएका छन् ।

‘आजबाट लकडाउन अन्त्य गरिएको छ । तर कोभिड–१९ संक्रमणको खतरा अन्त्य भयो भनिएको होइन । त्यसैले यस सम्बन्धी स्वास्थ्य प्रोटोकलहरुको पालना सहित आवश्यक सावधानीमा उचित ध्यान दिऔं’, उनले भनेका छन् ।

सरकारले गत चैत ११ गतेदेखि जारी लकडाउन मंगलबार मध्यराती १२ बजेबाट अन्त्य भएको घोषणा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement