विमानस्थलबाट अवैध रूपमा सुन भित्र्याउने जोसुकै भएपनि कारबाही हुन्छ : गृहमन्त्री श्रेष्ठ


काठमाण्डु – उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट अवैध रूपमा सुन भित्र्याउने जोसुकै भए पनि कारबाही गरिने बताएका छन् । शुक्रबार विमानस्थल भन्सार कार्यालयको अनुगमन गरेपछि पत्रकारहरुलाई प्रतिक्रिया दिँदै मन्त्री श्रेष्ठले यस्ताे बताएका हुन् ।

‘भ्रष्टाचार र अपराधका कुरा अनुसन्धान गर्दाखेरी मलाई कुनै कोट, टार र पार्टी मतलब छैन’ उनले भने, ‘छानबिन र अनुसन्धानको प्रक्रियालाई यसको जरैसम्म पुग्ने गरी अगाडि बढाउनुपर्छ ।’ यसबारे अहिले छानबिन भइरहेको भन्दै उनले राज्यका अरु निकायहरुले पनि त्यसमा सघाउने विश्वास व्यक्त गरे ।

प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारले चालेको भ्रष्टाचारविरोधी अभियानलाई गृह मन्त्रालयले व्यवहारिक रूपमा नेतृत्व गरिरहेको पनि उनको भनाइ छ ।गत बुधबार करिब एक क्विन्टल सुन बरामद भएपछि गृहमन्त्री श्रेष्ठ भन्सार कार्यालय पुगेका हुन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement