हामी भारतको थिचोमिचो किमार्थ स्विकार्दैनौं, राम्ररी बुझोस्ः नारायणकाजी श्रेष्ठ


काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले भारतीइ थिचोमिचो स्वीकार नुहने बताएका छन् ।

भारतले आफ्नो नयाँ नक्सामा लिपुलेक, कालापानीलगायत नेपाली भू–भागलाई समेटेको विषयमा चर्को विरोध भइरहेका बेला प्रवक्ता श्रेष्ठले यस्तो प्रतिक्रिया दिएका हुन् ।

‘बिश्वमा साम्राज्यवादी उपनिवेशवाद हावी हुँदा र छिमेकी देशहरु उपनिवेश हुँदा समेत कहिल्यै कसैको प्रत्यक्ष उपनिवेश नभै सार्वभौम र स्वतन्त्र रुपमा ठिङ्ग खडा भएको देश हो नेपाल’, सामाजिक सञ्जालमा उनले भनेका छन्, ‘भारत वा कसैको पनि अतिक्रमण वा थिचोमिचो हामी किमार्थ स्विकार्दैनौं।यसमा हामी एक र अबिचल छौं । सबैले राम्ररी बुझोस् ।’

सरकारले ठूला शक्ति राष्ट्रका सबै एजेण्डामा नेपाल सहमत नहुने प्रष्ट पारेको छ । त्यस्तै नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि कालापानी र लिपुलेक नेपाली भू–भाग भएकाले भारतले आफ्नो दाबी गर्न नपाउने बताएका छन् ।

त्यस्तै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारतीय राजदूत मञ्जिव पूरीलाई फोन गरेर भारतले नेपाली भू–भागलाई आफ्नो दाबी गर्न नपाउने प्रष्ठ गरेका छन् । यता भारतले भने नेपाली भूमि नमिचेको दाबी गरेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement