तेस्रो जनआन्दोलन सुरू भयोः नारायण वाग्ले


काठमाण्डु – लेखक नारायण वाग्लेले तेस्रो जनआन्दोलन सुरु भएको बताएका छन् ।

सोमबार बालुवाटारमा प्रहरीले नागरिक अगुवाहरुमाथि दमन गरेको भन्दए उनले सरकारविरुद्ध तेस्रो जनआन्दोलन सुरु भएको बताएका हुन् ।

‘जुन तरिकाले हामीमाथि दमन भयो, अब तेस्रो जनआन्दोलन सुरू भयो,’ उनले भने ।

उनले शान्तिपूर्ण धर्ना दिइरहेको अवस्थामा सरकारबाट आफूहरुमाथि बर्बर दमन भएको बताए ।

‘हामीले भद्र अवैज्ञा आन्दोलन लिड गरिराखेका थियौं। हामीमाथि जुन बर्बर दमन भयो विना सूचना,’ वाग्लेले भने, ‘हाम्रो आन्दोलन शान्तिपूर्ण हुन्छ भनेर पहिल्यै प्रहरीलाई भनेको थिएँ । हाम्रो साथीहरूसँग ढुंगा पनि थिएन ।’

प्रतिक्रिया दिनुहोस
Advertisement