नारायणगढ–मुग्लिन सडक एकतर्फी सञ्चालनमा आयाे

नारायणगढ–मुग्लिन सडक एकतर्फी सञ्चालनमा आयाे

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नारायणगढ–मुग्लिन सडक खण्ड एकतर्फी सञ्चालनमा आएको छ । मुग्लिन नजिकै रहेको खहरे खोलामा सुक्खा पहिरो जाँदा सडक अवरुद्ध भएको सडक दुईतर्फी खुलाउने प्रयास जारी रहेको हो ।

मंगलबार बिहान पहिरो पन्छाएर आपतकालीन सेवाका सवारी साधन तथा साना सवारी साधनहरूलाई मात्र एकतर्फी रूपमा आवतजावत गर्न दिइएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।

पहिरो हटाएर सडकलाई पूर्ण रूपमा दुईतर्फी सञ्चालनमा ल्याउनका लागि घटनास्थलमा ३ वटा मेसिन प्रयोग गरी तीव्र रूपमा काम भइरहेको छ ।

पहिरोका कारण मुख्य राजमार्गमा ठूलो संख्यामा सवारी साधन र यात्रुहरू बीच बाटोमै रोकिएका छन् ।