काठमाण्डु– पहिरो खस्दा नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ ।इच्छाकामना गाउँपालिका–७ स्थित सार्वजनिक शौचालय नजिक आज बिहान पहिरोबाट सडक अवरुद्ध भएको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक अनिल थापाका अनुसार तत्काल पहिरो पन्छाउने काम थालिएको र यो कार्य कम्तीमा दुई घण्टा लाग्ने छ ।
सडक डिभिजन भरतपुरले आज बिहान सूचना जारी गरी ‘थप पहिरो नझरे अबको करिब १-२ घण्टाभित्र पहिरो हटाई सवारी आवागमन सुचारु हुने जानकारी गराइन्छ।’ भनिएको छ ।




प्रतिक्रिया