नारायणी अस्पतालको अपिलः स्वास्थ्यकर्मीको मनोबल घटाउने काम नगर्नूस् (भिडियो)


काठमाण्डु – नारायणी अस्पतालले कमेडियन आदर्श मिश्रका बुवा बिनोद मिश्रको उपचारमा कुनै लापरवाही नगरेको स्पष्टिकरण दिएको छ ।

अस्पतालका संयोजक डा. निरज शाहले एक भिडियो सार्वजनिक गर्दै मिश्रको उपचारमा कुनै लापरवाही नगरेको बताएका छन् ।

उनले आफूमाथि व्यक्तिगत रुपमा विभिन्न गाली गलौज गरिरहेको भन्दै बनोबल गिराउने काम नगर्न आग्रह गरेका छन् । उनले नारायणी अस्पतालले बिरामीको डाइलाइसिस नगरेको भन्ने आरोप स्वीकार गर्न नसकिने बताएका हुन् ।

‘मलाई मानसिक यातना दिइएको छ । यो बेलामा मेरो मनोबल नघटाउनूस् । हामीले उहाँको उपचारमा कुनै लापरबाही गरेका छैनौं’, उनले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement