सुशासनको अभियानबाट विश्राम लिनेवाला छैन : गृहमन्त्री श्रेष्ठ


काठमाण्डु – उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले थालेको सुशासनको अभियान असफल बनाउने प्रयासहरू भइरहेका बताएका छन् ।

आज बिहीबार काठमाडौंमा आयोजित नेपाल पर्वतारोहण संघको ३३औं वार्षिक साधारणसभा कार्यक्रममा गृहमन्त्री श्रेष्ठले सरकारले चलाएको सुशासन र भ्रष्टाचारविरोधी गतिविधिलाई असफल बनाउने प्रयास भइरहेको बताए ।

‘यो सुशासनको विरुद्ध सञ्चालन गरिएको हो । ती प्रवृत्ति र तागतहरू संगठित भएर यसलाई असफल बनाउने दुष्प्रयत्नहरू पनि गर्दैछन् तर सरकारले यो सुशासनको अभियानलाई छोड्नेवाला छैन । यो अभियानबाट विश्राम लिनेवाला छैन ।’

सबै युवा तथा आम जनताले सरकारले चालेको सुशासनको कदमलाई समर्थन गरेको र यसले गर्दा समृद्धिको यात्रामा तीव्र भएर अगाडि बढ्न हौसला दिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस
Advertisement