नक्सा जारी भयो, अब भूमि फिर्ता लिनुपर्छः प्रवक्ता श्रेष्ठ


काठमाडौं – सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले अतिक्रमित भूमि समेटेर नक्सा सार्वजनिक गरेको भन्दै सरकारलाई धन्यवाद दिएका छन् ।

मंगलबार सामाजिक सञ्जाल ट्वीटरमा नेता श्रेष्ठले सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षाको सन्दर्भमा ऐतिहासिक कोसेढुङा बनेको दाबी गरेका छन् ।

प्रवक्ता श्रेष्ठले अबको मुख्य काम आफ्नो भूमि फिर्ता लिइछाड्नु रहेको बताएका छन् ।

‘नेपाल सरकारले अतिक्रमित भुमिसहित सम्पुर्ण भू–भाग समेटेको नेपालको नक्सा सार्बजनिक गरेकोमा हार्दिक धन्यवाद । यो सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षाको सन्दर्भमा ऐतिहाँसिक कोसेढुङा बनेको छ । अबको मुख्य काम भने आफ्नो भुमि फिर्ता लिईछाड्नु हो । त्यसनिम्ति राष्ट्रिय एकताकासाथ अघि बढौं’, उनले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement