नेकपाको स्थायी समितिको बैठक स्थगित


काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समितिको बैठक स्थगित भएको छ । आज आज भनिएको बैठक स्थगित भएको हो ।

प्रवक्ता नारायणकाजी श्रेष्ठले स्थायी समिति सदस्यको कोरोना परिक्षण बाँकी नै रहेकाले बैठक स्थगित गर्नुपरेको जानकारी दिए ।

पूर्वगृहमन्त्री भीम रावलका सुरक्षा गार्डलाई कोरोना संक्रमण देखिएपछि बैठक स्थगित गर्नुपरेको एक नेताले बताए ।

नेकपा स्थायी समिति बैठक लामो समयदेखि बस्न सकेको छैन् । बैठकमा कोरोनाभाइरसको महामारी, भारतले नेपाली भूमि अतिक्रमण गरेर सडक निर्माण गरेको विषयलगायतका एजेण्डा तय भएका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement