राष्ट्रपति सीको भ्रमणले सिङ्गो देश एकढिक्का भयो : नारायणकाजी श्रेष्ठ


काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले चीनका राष्ट्रपति सी चिनफिङको भ्रमण ऐतिहासिक भएको बताएका छन् ।

सोमबार सामाजिक सञ्जाल ट्वीटरमार्फत एक ट्वीट गर्दै चिनियाँ राष्ट्रपति सीको भ्रमणबाट नेपालले कूटनीतिक क्षेत्रमा परिपक्वता देखाएको भन्दै उनले सन्तोष व्यक्त गरेका हुन् ।

श्रेष्ठले लेखेका छन् – ‘चीनका राष्ट्रपतिको नेपाल भ्रमण ऐतिहासिक, भव्य र सफल रह्यो । यो साँच्चै कोसेढुङ्गा बनेको छ र हाम्रो सम्बन्धलाई नयाँ उचाइ प्रदान गरेको छ । महामहिम सी र चीन सरकारप्रति आभार । यसपटक हाम्रो पनि परिपक्वता देखियो । सिङ्गो देश एकढिक्का भयो र सरकारले कुशलता र श्रेष्ठता देखायो । प्रम र सबैलाई बधाइ !’ चिनियाँ राष्ट्रपति सी दुई दिने नेपाल भ्रमण सकेर आइतबार स्वदेश फिर्ता भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement