काठमाडौं — नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता तथा नारायणकाजी श्रेष्ठले चिया निर्यात रोकिएको विषयमा तत्काल भारसँग वार्ता गर्न सरकारसँग माग गरेका छन् ।
सामाजिक सञ्जालमार्फत श्रेष्ठले भारतले अवलम्बन गरेको नीतिका कारण नेपालको चिया उद्योग गम्भीर संकटमा परेकाले समस्या समाधानका लागि तत्काल पहल गर्न सरकारसँग आग्रह गरेका हुन् ।
भारतीय नीतिका कारण नेपाली चिया उद्योग बन्द हुने अवस्था सिर्जना भएको श्रेष्ठले बताए ।
यस संकटले नेपालको अर्थतन्त्र, रोजगारी तथा निर्यात व्यापारमा ठूलो नकारात्मक प्रभाव पार्न सक्ने उनको भनाइ छ ।
श्रेष्ठले सरकारले उक्त विषयलाई अत्यन्त गम्भीरतापूर्वक लिएर भारतीय पक्षसँग तत्काल वार्ता गर्नुपर्नेमा जोड दिएका छन् ।
उनले दुवै देशबीचको संवादमार्फत सकारात्मक समाधान खोजी गरी चिया उद्योगलाई जोगाउन आवश्यक कदम चाल्न सरकारसँग आग्रह गरेका छन् ।




प्रतिक्रिया