भारतले जमुनाह नाका बन्द गर्‍यो, नरेन्द्र मोदीले दिए यस्तो प्रतिक्रिया


नेपालगन्ज – भारतले नेपालगन्जस्थित जमुनाह नाका बन्द गरेको छ । शनिबार बिहान ६ बजेदेखि नाका बन्द भएपछि नेपालबाट भारत जानका लागि हिँडेका नेपालीहरु नाकामा रोकिएका छन् ।

भारतमा लामो समयदेखिअयोध्याको राम मन्दिर र बाबरी मस्जिदको विवाद विवाद छ । शनिबार भारतको सर्वोच्च अदालतले यसबारे फैसला सुनाउँदैछ । यसैका कारण नाका सिल गरेको भारतीय पक्षले जनाएको छ । भारतबाट नेपालतर्फ आउने पैदलयात्रीलाई प्रवेश दिइएको भएपनि कुनै सवारी साधन चल्न दिइएको छैन् ।

यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सर्वोच्च अदालतबाट हुन लागेको फैसलालाई देशले उत्सुकतापूर्वक हेरिरहेको भन्दै ट्विट गरेका छन्। उनले समाजका सबै वर्गबीच सद्भावना कायम राख्न समेत आग्रह गरेका छन् ।

अदालतको आदेशपछि पनि सबै मिलेर बस्नुपर्ने बताउँदै मोदीले गरेको ट्विटमा सामाजिक सांस्कृति संठनहरु सौहार्द र सकारात्मक वातावरण बनाउन लाग्नुपर्ने जनाएका छन् ।

‘अयोध्याको विषयमा सर्वोच्च अदालतको जे फैसला आए पनि, त्यो कसैको हार या जित हुनेछैन,’ मोदीले भनेका छन्, ‘हामी सबैको प्राथमिकता यो छ कि भारतको शान्ति, एकता र सद्भावनाको महान परम्पराको अझ बलियो बनाऔं ।’

नाका बन्द हुँदा नेपालबाट सीमावर्ती बजार रुपैडिया हिडेका सर्वराधारण, नेपालमा चाडपर्व मानेर भारत काममा फर्किकाहरु लगायत ठूलो संख्यामा नेपालीहरु नाकामा अलपत्र परेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement