काठमाण्डु- चलचित्र नरसिंहा शुक्रबारदेखि देशभर प्रदर्शनमा आएको छ । चर्चित निर्देशक दिवाकर भट्टराईको लेखन तथा निर्देशनमा बनेको यो चलचित्रले नेपाली चलचित्र उद्योगमा नयाँ ऊर्जा भर्ने अपेक्षा गरिएको छ ।
विशेषतः महानायक राजेश हमालको ८ वर्षपछिको पुनरागमनले दर्शकहरूमा विशेष उत्साह थपेको छ ।
चलचित्र नरसिंहामा आशा पौडेल, सनिषा भट्टराई, समाइरा थापा, अमित गिरी, प्रभु श्रेष्ठ, दीपा शाही, प्रशान्त ताम्राकार, अर्जुन श्रेष्ठ, उषा खड्गी, नीति शाह, राज कटुवाल, नीर शाह र सरोज खनाल लगायतका कलाकारहरूको अभिनय छ ।
राजुविक्रम थापाको छायाँकन रहेको चलचित्रमा कविराज गहतराज र माइकल चन्दको कोरियोग्राफी समावेश गरिएको छ ।
चन्द्र पन्तले द्वन्द निर्देशन गरेको चलचित्रमा मिलन श्रेष्ठ र साहिल खानको सम्पादन रहेको छ । नरसिंहा सामाजिक, पारिवारिक र न्यायको पक्षमा आधारित कथामा निर्माण गरिएको चलचित्र हो ।
नेपाली समाजको समसामयिक यथार्थ, अन्यायविरुद्धको सङ्घर्ष र पारिवारिकसम्बन्धको उतार–चढावलाई प्रस्तुत गर्दै यस चलचित्रले दर्शकलाई भावनात्मक रूपमा छुने प्रयास गरेको छ ।
प्रतिक्रिया