अस्ट्रेलियाको धुवाँले पृथ्वी घुम्नेः नासा


एजेन्सी – यस वर्षको गृष्मकालिन मौषममा अस्ट्रेलियाको जंगलमा भीषण आगलागी भएको थियो । उक्त आगलागीमा १ अर्ब जनावर मरेको र अस्ट्रेलियाको धुवा दक्षिण अमेरिकासम्म पुगेका समाचार पनि बाहिरिएका छन् । तर तपाईलाई अचम्म लाग्न सक्छ कि यो धुवाँले पुरै पृथ्वी घुम्छ भनेर । हो नासाले अस्ट्रेलियाको डढेलोको धुवाँ पृथ्वीको एक फन्को घुमेर छिट्टै अस्ट्रेलिया नै पुग्ने नासाले जनाएको छ ।

महिनौँदेखि अस्ट्रेलियाको पूर्वी तटीय क्षेत्रमा लागेको डढेलोबाट उत्पन्न धुवा प्रशान्त महासागरतर्फ बढेको छ । नयाँ वर्षको पहिलो दिनको धुवाँ उत्तर अमेरिका पार गरेको र जनवरी ८ सम्ममा यसले पृथ्वीका आधा भाग घुमिसकेको नासाले जनाएको छ । यो धुवाँले पृथ्वीको कम्तीमा एक फन्को लगाउने अपेक्षा गरिएको अमेरिकी अन्तरिक्ष संस्थाले जनाएको छ ।

अस्ट्रेलियामा सयौँ स्थानमा डढेलो लागेको र त्यसले कम्तीमा २८ जनाको ज्यान लिनुको साथै २,००० घर ध्वस्त बनाएको छ । विज्ञहरूले उक्त डढेलोले जलवायु परिवर्तन तीव्र बनाएको समेत दाबी गरेका छन् । नासाका अनुसार ती डढेलोहरू यति विशाल छन् कि तिनले अस्वाभाविक रूपमा धेरै आगोका कारण हुने आँधीबेहरी ल्याएका छन् ।

त्यसको कारण धुवाँ आकाशको धेरै नै माथि पुगेको छ। धुवाँ १७.७ किलोमिटर माथिसम्म पुगेको नासाको तथ्यांकले देखाएको छ । यति माथि पुगेको धुवाँ संसारभरको आकाशको अवस्थालाई प्रभावित पार्दै पृथ्वी घुम्न सक्ने भनाई नासाको रहेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement