काठमाण्डु – नागरिकताको प्रतिलिपी बनाउनका लागि घुस माग्ने नायब सुब्बाविरुद्ध मुद्दा दायर भएको छ ।
जिल्ला प्रशासन कार्यालय, धनुषामा कार्यरत नासु उमेश कुमार चौधरीले सेवाग्राहीसँग नागरिकताको प्रतिलिपि बनाउन भन्दै आठ हजार पाँच सय रुपैयाँ घुस लिएको आरोपमा पक्राउ परेका थिए ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिवासको टोलीले चौधरीलाई सेवाग्राहीबाट आठ हजार पाँच सय रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।
सोमबार अख्तियारले विशेष अदालत, काठमाण्डुमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (क) बमोजिम सजाय हुन मागदावी लिई आज विशेष अदालतमा मुद्दा दायर गरेको हो ।




प्रतिक्रिया