नेपाली क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा प्रभाकर नियुक्त


काठमाण्डु –  नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा मनोज प्रभाकरलाई नियुक्त गरेको छ ।

भारतीय टोलीका पूर्वअलराउन्डरसमेत रहेका ५९ वर्षीय प्रभाकरलाई नेपाल क्रिकेट संघ(क्यान) ले सोमबार मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो ।क्यानका अनुसार प्रभाकरले भारतका लागि ३९ टेस्ट र १३० एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता खलेका छन् ।उनले अफगानिस्तानको बलिङ प्रशिक्षकका रूपमा समेत काम गरेका थिए ।

यसैगरी उनले आफ्नो प्रशिक्षणमा दिल्ली, राजस्थान र युपी क्रिकेट एशोसिएनलाई रणजी ट्रफी जिताएका थिए ।नवनियुक्त प्रशिक्षक प्रभाकरले नेपाली टोलीलाई बलियो बनाउन काम गर्ने बताए। नेपाली टोलीका मुख्य प्रशिक्षक पुबुदु दशानायकेले राजीनामा दिएपछि क्यानले प्रभाकरलाई नेपाली टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो ।

प्रभाकर क्रिकेटबाट भारतीय राजनीतिमा प्रवेश गर्न खोजे पनि असफल भएका पात्रसमेत हुन् । उनी सन् १९९६ मा लोकसभा चुनावमा दक्षिण दिल्लीबाट कांग्रेसबाट उम्मेदवारी दिएका थिए । तर उनी पराजित भएका थिए । उनी सन् २०१५ मा अफगानिस्तान क्रिकेट टिमको बलिङ प्रशिक्षक भएका थिए । उनकै प्रशिक्षणमा अफगानिस्तानले सन् २०१६ मा भारतमा भएको ट्वान्टी-२० विश्वकप खेलेको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement