राष्ट्रिय सेवादलबाट दीक्षित युवालाई राष्ट्रसेवामा अग्रसर हुन प्रधानसेनापति थापाको आग्रह


काठमाण्डु –  प्रधानसेनापति पूर्णचन्द्र थापाले राष्ट्रिय सेवादलको तालिमबाट दीक्षित युवाहरूलाई सुरक्षा निकायहरुमा भर्ना भई राष्ट्रसेवामा अग्रसर हुन आग्रह गरेका छन् ।एनसिसी अल्मुनाई एसोसिएसनको तेस्रो वार्षिकोत्सवका अवसरमाबिहीबार काठमाण्डुमा आयोजित ‘युवासँग प्रधानसेनापति’ कार्यक्रममा उक्त कुरा बताएका हुन् ।

युवाहरुलाई सम्बोधन गर्ने क्रममा प्रधानसेनापति थापाले उक्त एसोसिएसनले विश्वब्यापी महामारी कोभिड-१९ को प्रकोप प्रतिकार्यमा स्थानिय स्तरमा विविध समस्या, चुनौति, अभाव र शंसयका विच प्रदर्शन गरेको निःस्वार्थ सेवाभावको प्रशंसा गर्दै समाजका विकृति, वेथिती, रुढिवादी परम्परा तथा अपराध निर्मुल गरी सु- संस्कृत र सभ्य समाज निर्माणमा समेत नेश्नल क्याडेट क्रप्स अल्मुनाई एसोसिएसन को महत्वपूर्ण भूमिका रहने विश्‍वास व्यक्त गरेका थिए ।

सम्बोधनको क्रममा प्रधानसेनापति थापाले ७७ वटै जिल्लाका विद्यालयहरुबाट राष्ट्रिय सेवा दलमा आवद्ध भई दिक्षित हुन ईच्छुकहरुको माग बढ्दो क्रममा रहनु आफैमा उत्साहप्रद रहेको बताएका थिए । सेवा दलबाट प्रशिक्षण लिनेको संख्या ५० हजार नाघिसकेको छ भने हरेक वर्ष सात हजारभन्दा बढी युवाले उक्त तालिम पाउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement