राष्ट्रिय फुटबल टोलीको प्रशिक्षकमा घिमिरे र तिम्सिना नियुक्त


काठमाण्डु-नेपाली राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षकमा चेतन घिमिरे र गोलकिपिङ प्रशिक्षकमा मनिष तिम्सिना नियुक्त भएका छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय टोलीको सहायक प्रशिक्षकमा घिमिरे र गोलकिपिङ प्रशिक्षकमा तिम्सिनालाई नियुक्त गरेको हो ।

उनीहरुलाई एन्फा महासचिव किरण राईले नियुक्तिको पत्र दिएका छन् ।

यसअघि टोलीको सहायक प्रशिक्षकमा प्रवेश कटुवाल र विनोद डंगोल गोलकिपिङ प्रशिक्षक थिए । कटुवाल र डंगोलको सम्झौता सकिएकाले उनीहरुको स्थानमा घिमिरे र तिम्सिनालाई नियुक्त गरेको एन्फाले जनाएको छ ।

नेपाली टोली अहिले फिफा विश्वकप अन्तर्गत दोस्रो चरणको छनोटको तयारीमा व्यस्त छ ।

यसका लागि मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले २८ सदस्यीय प्राम्भिक टोलीको घोषणा गरेर प्रशिक्षण गराइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement