जिम्न्यास्टिकमा एपीएफका राजुलाई पाँच स्वर्ण


बाँके–एपिएफ क्लबका राजु राईले आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताअन्तर्गत जिम्न्यास्टिकतर्फ पाँच स्वर्ण पदक जितेका छन् । आज भएको राजुले फ्लोर इभेन्टस्मा स्वर्ण जितेका हुन् । उक्त स्पर्धामा एपिएफकै दिनेश सुनुवारले रजत तथा प्रदेश ३ का उज्ज्वल तिवारीले कास्य जिते ।

पोमेल हर्समा राजुले स्वर्ण जित्दा एपिएफकै रिकेश तामाङले रजत र प्रदेश ३ का त्रिवेद गिरीले कास्य जिते । राजुले पार्लर बारमा पनि स्वर्ण जिते । सो स्पर्धामा प्रदेश ३ का सत्यनारायण मानन्धरले रजत तथा सुदूरपश्चिम प्रदेशका जितेन्द्र चौधरीले कास्य जिते । भल्तिङमा प्रदेश ३ का उज्ज्वल तिवारीले स्वर्ण, एपिएफ क्लबका राजुले रजत तथा प्रदेश ३ का त्रिवेद गिरीले कास्य जिते ।

महिला फ्लोरमा एपिएफकी पिङ्की झाङले स्वर्ण, प्रदेश ३ की तारा शिवाकोटीले रजत र आर्मीकी बिदिशा न्यौपानेले कास्य जितिन् । भल्तिङमा पनि पिङ्की झाङले नै स्वर्ण जितिन् । प्रदेश ३ की तारा शिवाकोटीले रजत र आर्मीकी बिदिशा न्यौपानेले कास्य जितिन् । महिला अलराउण्डरमा प्रदेश ३ की तारा शिवाकोटीले स्वर्ण, एपिएफकी लुमिला मानन्धरले रजत र प्रदेश ३ की प्रकृति थापा मगरले कास्य जितिन् । टोली स्पर्धाको पुरुषमा एपिएफले स्वर्ण, प्रदेश ३ ले रजत र सुदूरपश्चिम प्रदेशले कास्य जिते ।

प्रतिक्रिया दिनुहोस
Advertisement