प्रधानमन्त्री ओलीलाई बुझाईयो ‘राष्ट्रिय सुरक्षा नीति–२०७५’ को प्रतिवेदन 


काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको द्धन्द्ध व्यवस्थापन तथा शान्ति स्थापनामा नेपाली सेनाले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभएको छ ।

आज अपरान्ह बालुवाटारमा राष्ट्रिय सुरक्षा नीति, २०७३ उच्चस्तरीय परिमार्जन गर्ने बनेको समितिको प्रतिवदेन बुझ्दै उहाँले उक्त कुरा बताउनुभएको हो । सो अवसरमा उहाँले राष्ट्रिय सुरक्षाको सवैभन्दा बलियो किल्ला जनता नै हो भन्दै राष्ट्र एकिकरणका क्रममा निर्माण भएको नेपाली सेनाले अन्तर्राष्ट्रिय शान्ति स्थापनार्थ योगदान पु¥याउदै आएको कुरा प्रसंसनीय रहेको बताउनुभयो ।

उक्त अवसरमा समितिका अध्यक्ष एवं उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले प्रधानमन्त्री एवं  राष्ट्रिय सुरक्षा परिषदका अध्यक्ष केपी शर्मा ओलीलाई ‘राष्ट्रिय सुरक्षा नीति–२०७५’ को प्रतिवेदन बुझाउनुभयो ।

अध्यक्ष एवं उपप्रधानमन्त्री तथा रक्षामन्त्रीले प्रतिवेदन बुझाउदैं नेपालको संविधानको मर्म र भावना तथा संविधानका निर्देशक नीतिहरुलाई मुख्य आधार मानेर परिवर्तित सन्दर्भ अनुरुप मस्यौदा तर्जुमा गरिएको बताउनुभयो । 

राष्ट्रिय सुरक्षा परिषदले गत असोज १ गते सुरक्षा नीति परिमार्जनको आवश्यकता महसुस गर्दै असोज ५ गते उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा ७ सदस्यीय ‘राष्ट्रिय सुरक्षा नीति, २०७३ उच्चस्तरीय परिमार्जन समिति’ गठन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement