नेसन्स लिगको उपाधिका लागि पोर्चुगल र स्पेन भिड्दै

नेसन्स लिगको उपाधिका लागि पोर्चुगल र स्पेन भिड्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- यूइएफए नेसन्स लिगको उपाधिका लागि पोर्चुगल र स्पेन भिड्दै छन् ।

जर्मनीको म्युनिखस्थित एलियान्ज एरिनामा हुने फाइनल खेल नेपाली समयअनुसार आइतबार राति १२ बजेर ४५ मिनेटमा सुरु हुनेछ । पोर्चुगल र स्पेन दुवै टिम नेसन्स लिगको उपाधि दोस्रोपटक जित्ने दाउमा हुनेछन् ।

पोर्चुगल सन् २०१८–१९ को नेसन्स लिगको विजेता हो भने स्पेनले सन् २०२२–२३ मा यो उपाधि जितेको थियो । त्यसअघि फ्रान्सले सन् २०२०–२१ मा नेसन्स लिगको उपाधि जितेको थियो ।

पोर्चुगलको टिमको नेतृत्व स्टार फरवार्ड क्रिष्टियानो रोनाल्डोले गर्नेछन् । स्पेन भने युवा विङ्गर लामिन यमालसहित उपाधि हात पार्ने योजनाका साथ मैदान उत्रिनेछ । पोर्चगुलका ४० वर्षीय स्टार फरवार्ड रोनाल्डो र स्पेनका १७ वर्षीय विङ्गर यमालबीच रोमाञ्चक भिडन्त हुनेछ ।

स्पेन र पोर्चुगल अहिलेसम्म ४० पटक भिडेका छन् । स्पेनले ४० मध्ये १८ खेलमा पोर्चुगलमाथि जित निकालेको छ । जबकि पोर्चुगलले स्पेनमाथि ६ जित मात्रै निकालेको छ । १६ खेल भने यी दुई टिमले बराबरी खेलेका छन् ।

यी दुई टिमबीच पछिल्लो भेट सन् २०२२ को सेप्टेम्बरमा नेसन्स लिगमै भएको थियो । उक्त खेलमा अल्भारो मोरोटाको गोलमा स्पेनले पोर्चुगलमाथि जित निकालेको थियो ।