१० जना युवालाई ‘राष्ट्रिय युवा प्रतिभा सम्मान’ प्रदान गरिंदै


काठमाडौँ – युवा तथा खेलकूद मन्त्रालयले अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर १० जना युवालाई ‘राष्ट्रिय युवा प्रतिभा सम्मान’बाट सम्मान गर्ने भएको छ ।

अन्तर्राष्ट्रिय युवा दिवस यही साउन २७ गते अगस्ट १२ का दिन मन्त्रालयले वार्षिक कार्यक्रमअन्तर्गत युवा तथा युवाको क्षेत्रमा काम गर्ने संस्था तथा व्यक्तिलाई सम्मान गर्न लागेको हो ।

मन्त्रालयका अनुसार शिक्षा, उद्यमशीलता, विज्ञान प्रविधि, सामाजिक रुपान्तरण, कृषि, कला संस्कृति, साहित्य सिर्जना, समाज सेवा, कृषि र उद्यमशीलता तथा सूचना प्रविधि र सञ्चार विधामा १० जनालाई सम्मान गर्न लागेको हो । सम्मानको राशि जनही एक लाख रहेको छ ।

राष्ट्रिय युवा प्रतिभा सम्मान कार्यविधि २०७२ बमोजिम राष्ट्रिय युवा प्रतिभा छनोट सिफारिस समितिबाट सिफारिस भई आएका १० व्यक्तित्वलाई सम्मान गर्न लागिएको मन्त्रालयका सूचना अधिकार एवं उपसचिव महेन्द्रप्रसाद पौड्यालले जानकारी दिएका छन् ।

मन्त्रालयका अनुसार शिक्षातर्फ काठमाडौँ महानगरपालिका– १८ का ३६ वर्षीय विनोद शाही ९स्नोयार्ड फाउण्डेशन० लाई माथिल्लो डोल्पामा १४ वर्षदेखि स्वयंसेवक शिक्षक र डोल्पाको सामाजिक विकासमा योगदान पु¥याएबापत सम्मान गर्न लागेको हो ।

उद्यमशीलतातर्फ इलाम नगरपालिका–६ इलामका ३५ वर्षीय दिवस श्रेष्ठ सम्मानित हुँदै छन् । बेत बाँसको सामग्री उत्पादन र बजारीकरण, कुपण्डोलमा अपाङ्गता भएका व्यत्तिलका लागि बेतबाँस सामग्री निर्माणका लागि निर्वाहभत्तासहित निःशुल्क तालीम सञ्चालन गरेबापत उनलाई सो सम्मान प्रदान गर्न लागिएको हो ।

विज्ञान प्रविधितर्फ धनुषा जनकपुरका २८ वर्षीय अम्बर मण्डललाई सम्मानित गर्न लागिएको छ । मण्डललाई गहुँ काट्ने ‘नारा एग्रो मेसिन’ र अन्यकृषि उपयोगी उपकरण अविष्कार गरी सफल परीक्षण गर्न सफल भएकाले सो पुरस्कार प्रदान गर्न लागिएको हो । विज्ञानप्रविधितर्फ नै चितवन राप्ती नगरपालिका गडाँैलीका २० वर्षीय सरोज चेपाङ पनि सम्मानित हुँदैछन् । चेपाङले आफैंले प्यारा मोटर निर्माण गरी उडाएका थिए ।

सामाजिक रुपान्तरणतर्फ गुल्मी, मालिका गाउँपालिका–५ छापहिलेकी २८ वर्षीया गंगा खड्का सम्मानित हुँदै छन् । सुरक्षित महिनावारी अभियन्ताको रुपका कम गर्नुभएकाले उनलाई सम्मान गर्न लागिएको हो । कृषितर्फ कैलालीको धनगढी उपमहानगरपालिका–५ की गोमाकुमारी अधिकारी सम्मानित हुँदै छिन् । साग ग्रुप कृषि फर्म सञ्चालन गरी टिस्युकल्चर प्रविधिबाट केराको व्यावसायिक उत्पादनमा महत्वपूर्ण योगदान पु¥याएबापत उनी सम्मानित हुनु लागेकी हुन् ।

कला संस्कृति र साहित्य सिर्जनातर्फ जुम्ला चन्दननाथ नगरपालिका– २ डाँडाकोटका ३९ वर्षीय गोविन्द नेपाली सार्की सम्मानित हुँदै छन् । उनले निजी लगानीमा काठमाडौँ फन भ्यालीमा कर्णाली संग्रहालयको स्थापना र १३ वटा साहित्यिक कृति प्रकाशित गरेबापत सो सम्मान पाउन लाग्नुभएको हो ।

सामाजसेवातर्फ नवलपरासी देवचुली नगरपालिका–१५ प्रगतिनगरका ३६ वर्षीय तिलोत्तम पौडेल ९जागृति बाल तथा युवा क्लबका अध्यक्ष० सम्मानित हुँदै हुनुहुन्छ । बाल क्लबको संस्थागत विकास, युवा सशक्तीकरण र नेतृत्व विकासमा योगदान पुर्याएबापत उनलाई सम्मान गर्न लागिएको हो ।
कृषि र उद्यमशीलतामा तनहुँका ३७ वर्याीय तेजविक्रम थापा सम्मानित हुँदै छन् ।
अर्गानिक कृषि उत्पादन, बजारीकरण र किसानलाई प्राविधिक सहयोग पुर्याएबापत उनलाई सम्मान गर्न लागिएको मन्त्रालयले जनाएको छ । सूचना प्रविधि र सञ्चारतर्फ कास्की लेखनाथकी ३३ वर्षीया शर्मिला विश्वकर्मालाई अपाङ्गता भएको व्यक्तिको अधिकारका क्षेत्रमा क्रियाशील रही योगदान पुर्याएवापत सम्मान गर्न लागिएको हो ।

यसैबीच मन्त्रालयले सिफारिसमा परेका व्यक्तिविरुद्ध सम्मानित गर्न नुहने कारण भए सोको उजुरी मन्त्रालयमा यही भदौ २५ गतेभित्र लिखितरुपमा प्रमाणसहित पेश गर्न सम्बन्धित सबैलाई आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement