भोलि काठमाण्डु उपत्यका बन्द गर्ने राजावादी जनआन्दोलन समितिको घोषणा

भोलि काठमाण्डु उपत्यका बन्द गर्ने राजावादी जनआन्दोलन समितिको घोषणा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राजसंस्था पुनःस्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिले भोलि सोमबार काठमाण्डु उपत्यका बन्दको घोषणा गरेको छ ।

समितिका संयोजक नवराज सुवेदीले आईतबार प्रेस विज्ञप्ति जारी गर्दै भोलि सोमबार उपत्यका बन्दको घोषणा गरेका छन् ।

राप्रपा नेपालका अध्यक्ष कमल थापा र सांसद दिपक सिंहलाई प्रहरीले पक्राउ गरेपछि आक्रोशित राजावादी संघसंस्थाले आन्दोलन चर्काउँदै लैजाने भएका छन् ।

विज्ञप्तिमा उल्लेख छ, ‘सरकारको बर्बर दमनको विरोध गर्दै हामी आन्दोलनको स्वरूप परिवर्तन गर्न बाध्य भएका छौं, यसै क्रममा भोलि जेठ १९ गते हामीले उपत्यका बन्दको घोषणा गरेका छौं । उपत्यका बन्दको क्रममा आ–आफ्नो टोल र चोकमा बसी सक्रिय भूमिका निर्वाह गर्न आन्दोलनमा सहभागी सहयोद्धाहरूलाई आह्वान गर्दछु ।’