जनकपुरधाम – महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साहले बिहे गर्ने उमेर घटाउनुपर्ने टिप्पणी गरेका छन् ।
आईतबार जनकपुरधाममा आयोजित ‘राष्ट्रिय बालबालिका नीति २०८०’ कार्यान्वयन कार्ययोजना मस्यौदा सम्बन्धी मधेश प्रदेशस्तरीय राय सुझाव कार्यक्रममा मन्त्री साहले सामाजिक, धार्मिक तथा अभिभावकको मागअनुसार केटीको हकमा बिहे गर्ने उमेर घटाउँदा राम्रो हुने सुझाव दिए ।
‘सरकारले केटीका लागि विवाह गर्ने उमेर न्यूनतम २० वर्ष तोकेको छ, अब त्यसलाई १८ वर्षमा ल्याउनुपर्छ,’ उनले भने । उनले सम्बन्धित संघीय संसद्मा प्रस्ताव पेश गरेको बताए ।
हालको कानूनअनुसार केटा र केटी दुवैको बिहे गर्ने उमेर २० वर्ष राखिएको छ ।
प्रतिक्रिया