काठमाण्डु- पछिल्लो १२ घण्टामा नवलपरासी पूर्वमा भारी वर्षा भएको छ । नवलपरासी पूर्वको डण्डामा सबैभन्दा धेरै एक सय १६ मिलिमिटर वर्षा मापन भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै चितवनमा १०० दशमलव ४ र डोटीमा ९१ दशमलव २ मिलिमिटर वर्षा मापन भएको छ ।
यी क्षेत्र आसपासका नदी तथा खोलामा जलसतह बढ्न सक्ने र बाढी पहिरो जान सक्ने भएकाले सावधानी अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
यस्तै डडेलधुुरा, दाङ, तनहुँलगातका जिल्लामा पनि हल्कादेखि मध्यम वर्षा भएको छ । सुदूरपश्चिम, लुम्बिनी, गण्डकी र बागमती प्रदेशका धेरै ठाउँमा गएराति पनि पानी परेको थियो ।
मौसमविद् गोविन्द झाका अनुसार गण्डकी र लुम्बिनीका केही भागसम्म पुगेर सक्रिय मनसुनी वायु पश्चिम क्षेत्रमा फैलन पश्चिमी र स्थानिय वायु कमजोर हुनुपर्छ । तर अहिलेसम्म त्यस्तो अवस्था बनिसकेको छैन । पश्चिम क्षेत्रमा मनसुन नपुगे पनि पानी भने पर्दै आएको उहाँले बताउनुभयो । अहिले देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाले ५० देखि १०० मिलिमिटरसम्मलाई भारी वर्षा, १०० देखि २०० सय मिलिमिटरसम्मलाई धेरै भारी वर्षा र २०० भन्दा माथिलाई यता पूर्वपश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको दुम्किवासमा सडक दुईतर्फी नै अवरुद्ध भएको छ । विनयी खोलामा आएको बाढीले अस्थायी डाइभर्सन फेरि बगाएको छ ।
गएरातिको पानीले खोलामा बाढी आएपछि त्यसअघि मंगलबार दिउँसो बनाएको अस्थायी डाइभर्सन पुनः बगाएको हो ।
डाइभर्सन बगाएपछि गाडी आवागमन दुईतर्फी नै बन्द भएको छ । पानी परेसँगै विनयी खोलामा बाढी आएर डाइभर्सन पटक–पटक बगाउने गरेको छ ।
अहिले त्यस क्षेत्रमा इन्जिनियरसहितको टोली परिचालन गरेर छिटोभन्दा छिटो गाडी चल्न सक्ने गरी मर्मतको काम भइरहेको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।
पानीको वहाव कम हुँदै गएकोले दिउँसोसम्म गाडी चलाउन सक्ने गरी काम हुने कार्यालयको दाबी छ ।
प्रतिक्रिया