डिआइजी सिलवालको राजीनामा पत्र प्रहरी हेडक्वार्टरमा


 काठमाडौंः आइजीपी मुद्दामा हारेका डिआइजी नवराज सिलवालले प्रहरी प्रधान कार्यालयमा राजीनामा पत्र बुझाएका छन्।

 

आफूद्वारा दायर रिट सर्वाेच्च अदालतले मंगलबार खारेजी गरिदिएपछि सोही दिन विज्ञप्ती जारी गरेर प्रहरी संगठनबाट अलग भएको घोषणा गरेका सिलवालले बुधबार प्रहरी प्रधान कार्यालय (हेडक्वार्टर) मा राजीनामा पत्र बुझाएका हुन्।

 

 

डिआइजी सिलवालको राजीनामा पत्र हेडक्वार्टरमा पुगेको पुष्टि गर्दै नेपाल प्रहरीका प्रवक्ता मनोज न्यौपानेले काठमाडौंपाटीसँग भने, ‘थप कारबाही अगाडि बढेको छैन।’

 

प्रहरी हेडक्वार्टर स्रोतका अनुसार सिलवाल राजीनामा पत्र लिएर आफै गएनन्। अरुले नै बुझाएको हो।

 

 

प्रहरी नियमावली अनुसार प्रहरी प्रधान कार्यालयले उनको राजीनामा गृहमन्त्रालयमा पठाउनेछ।

 

सिलवालले डिआइजीबाट राजीनामा दिएपनि उनको पदावधि अझै ६ महिना बाँकी छ। गृहले राजीनामा दिनुको औचित्य पुष्टी नभएको भन्दै अस्वीकृत गर्न पनि गर्न सक्ने अवस्था आएमा उनी पदावधी बाँकी रहेसम्म प्रहरी संगठनबाट अलग हुन पाउने छैनन्।

 

 

सर्वोच्चले त्यसअघि सरकारद्वारा आइजीपीमा नियुक्त जयबहादुर चन्दको नियुक्ति खारेजी गर्न आदेश दिएपछि सरकारले गत चैत २८ गते प्रकाश अर्याललाई आइजीपी नियुक्त गरेको थियो। सिलवाल चैत ३० गते सर्वोच्च पुगेका थिए। तर, प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीको नेतृत्वको वृहत पूर्ण इजलासले मंगलबार सिलवालको माग दावी पूरा नहुने भन्दै रिट खारेज गरिदिएको थियो।

प्रतिक्रिया दिनुहोस
Advertisement