नवराज सिलवाललाई हराउंदै उदयशमशेर ललितपुर-१ बाट विजयी


ललितपुर – ललितपुर–१ बाट प्रतिनिधिसभामा नेपाली कांग्रेसका उदयशमशेर राणा निर्वाचित भएका छन् । नेकपा एमालेका नवराज सिलवाललाई ४ हजार ६१४ मतले हराउँदै राणा सांसदमा निर्वाचित भएका हुन् ।

राणाले २३ हजार ८९२ मत पाए भने उनका निकटतम प्रतिद्धन्द्धी सिलवालले १९ हजार २७९ मत पाए ।

यो क्षेत्रबाट २०७४ मा उदयशमशेरलाई एमालेका सिलवालले हराएका थिए । त्यो बेला बेला सिलवालले २६ हजार १५१ मत पाएका थिए भने राणाले ३० हजार ७२९ मत पाएका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement