वैचारिक स्पष्टताका लागि नयां शक्तिको बैठक लुम्बिनीमा सुरु


कपिलवस्तु –नयां शक्ति पार्टी नेपालको संघीय परिषदको बिस्तारित बैठक लुम्बिनीमा सुरु हुंदैछ । मंगलबारको नेपाल बन्दको कारण देशभरीबाट बैठकमा सहभागीहरु समयमा बैठकमा उपस्थित हुन नसकेकोले बैठकको उद्घाटन ढिला हुन लागेको हो । बैठकमा समसामयिक राजनीतिक अवस्था, संगठन, वैचारिक स्पष्टता तथा पांच वर्षे रणनीति लगायतका विषय छलफल हुने बताइएको छ ।

संघीय परिषदको बिस्तारित बैठक १२ गते १२ बजेसम्म चल्ने नयां शक्तिका केन्द्रीय कार्यालय संयोजक गंगा श्रेष्ठले जानकारी दिएका छन् ।

 

बैठकमा स्वदेश तथा प्रवासबाट ८०० प्रतिनिधिहरु सहभागी हुने श्रेष्ठले जानकारी दिए । साढे १ बजे उद्घाटन हुने संघीय परिषदको बिस्तारित बैठकले विभिन्न निर्णयहरु गर्दै महाधिवेशनको मिति तय गर्नेछ । ‘बैठकले संगठनात्मक पुनर्संचरना गर्छ, थप वैचारिक स्पष्टता हासिल गर्दछ र पांच वर्षको लागि कार्ययोजना तय गर्छ,’ श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement