कांग्रेस संसदीय दलको बैठक आज पनि बस्दै

कांग्रेस संसदीय दलको बैठक आज पनि बस्दै


काठमाडौं : नेपाली कांग्रेस संसदीय दलको बैठक सोमबार पनि बस्दैछ । सोमबार १ बजे संघीय संसदको लोहोत्से हलमा बैठक बस्न लागेको हो ।

बैठकमा कांग्रेसबाट सरकारमा सहभागी भएका मन्त्रीहरुको काम र प्रभावकारिताबारे सांसदले आफ्ना धारणा राख्नेछन् । त्यसपछि मन्त्रीहरुले यो अवधिमा गरेका आफ्ना कार्य र सांसदका जिज्ञासामा जवाफ दिने कांग्रेसले जनाएको छ ।

यसअघिका बैठकमा सभापति देउवाले सरकारले ल्याएका अध्यादेशको पक्षमा एकढिक्का भएर लाग्ने निर्देशन दिएका थिए । त्यसका साथै सरकारमा पार्टीको उपस्थिति बलिय बनाउने निर्णय पिन कांग्रेसले गरेको थियो ।