काठमाण्डु– नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह रक्षामन्त्री बन्ने भएका छन् । सिंहले उपप्रधानमन्त्रीसहित रक्षा र नेतृ आरजु राणाले परराष्ट्रमन्त्रालय पाउने लगभग निश्चित भएको छ । कांग्रेसबाट गृहमन्त्रालयको जिम्मेवारी भने नेता रमेश लेखकलाई दिने तयारी छ । कांग्रेसमा सभापति शेरबहादुर देउवाले महामन्त्री गगन थापालाई सरकारमा जान प्रस्ताव गरेपनि उनले अर्थ वा गृहमन्त्रालय विना सरकारमा नजाने बताएको स्रोतले बतायो ।
कांग्रेस र एमालेबीचको गठबन्धन बनाउन भुमिका खेलेका लेखकलाई गृहमन्त्रालय दिएपछि थापाले सरकारमा जान अनिच्छा देखाएका हुन् । नेता सिंहले सभापति बन्न देउवालाई सहयोग गरेका कारण बिहिवार उनलाई सरकारको नेतृत्व दिन सभापति सकरात्मक बनेका हुन् ।
कांग्रेसबाट उद्योगपति समेत रहेका विनोद चौधरी मन्त्री बन्ने चर्चा चलेपनि अन्तिममा उनको नाम काटिएको छ । मन्त्री बन्नेमा दीपक खड्का, अजय चौरसिया,चन्द्र भण्डारी,हृदयराम थानी,प्रदिप पौडेल,सरिता प्रसाई र किशोर राठौरलगायत छन् ।
प्रतिक्रिया