चिकित्सा शिक्षा विधेयकलाई लिएर कांग्रेसद्धारा संसद अवरुद्ध


काठमाडौं – चिकित्सा शिक्षा विधेयकको विषयलाई लिएर प्रमुख विपक्षी दल नेपाली कांग्रेसले संसद अवरुद्ध गरेको छ । सरकारले चिकित्सा शिक्षा विधेयक अघि बढाउन खोजेपछि कांग्रेसले सोमबार दिउंसो संसद बैठक अवरुद्ध गरेको हो । संसदको बैठक सुरु हुनासाथ कांग्रेस सांसदहरुले उठेर विरोध जनाएका थिए ।

कांग्रेसका सांसदहरुले विरोध प्रर्दशन गरेपछि सभामुख कृष्णबहादुर महराले कांग्रेस सांसद मीन विश्वकर्मालाई बोल्ने समय दिएका थिए । सांसद विश्वकर्माले सरकारले समस्या बल्झाउने गरी चिकित्सा शिक्षा विधेयक ल्याएको भन्दै विरोध जनाए

उनले डा.गोविन्द केसीको स्वास्थ्य गम्भीर रहेको भन्दै वार्ताबाट समस्या समाधान गर्न सरकारलाई आग्रह गरे । विश्वकर्माले सरकार सर्वसत्तावादी शैलीबाट चल्न खोजेको आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस
Advertisement