कांग्रेस र राप्रपाका नेताहरुमाथि मुद्दा दायर गर्ने यस्तो छ तयारी


काठमाडौं– माओवादी केन्द्रको भातृसंगठन योङ कम्युनिष्ट लिग नेपालले आफ्ना नेताका बालकृष्ण ढुंगेलको रिहा गर्न माग गरेको छ । सर्वोच्चको आदेशपछि प्रहरीले मंगलवार ढुंगेललाई पक्राउ गरेको थियो ।

 

 

 

योङ कम्युनिष्ट लिगले मंगलवार एक विज्ञप्ति  जारी गर्दै ढुंगेललाई तत्काल रिहाई नगरिए देशभरका ७७ वटै जिल्लामा कांग्रेसका र राप्रपाका नेताहरुमाथि मुद्दा दायर गर्ने चेतावनी दिएको छ । उसले  द्वन्दकालिन मुद्दाहरु व्युताउने षडयन्त्र भए वाइसिएलले कांग्रेस र राप्रपाका नेताहरुलाई पनि नछोड्ने चेतावनी दिइएको छ ।  

 

 

 

विज्ञप्तिमा भनिएको छ ‘ढुंगेललाई तत्काल रिहाई नगरिए देशभरका ७७ वटै जिल्लामा द्वन्दकालिन मुद्दाहरु व्युताएर घटनामा संलग्न नेपाली कांग्रेसका र राप्रपाका नेताहरुमाथि मुद्दा दायर गर्ने पहलकदमी लिन वाइसिएलका मातहतका जिल्ला समितिहरुलाई निर्दे्शित गर्दछ ।’

यस्तो छ विज्ञप्ती –
 

योङ्ग कम्युनिष्ट लीग, नेपाल
केन्द्रिय समिति

मिति २०७४ कात्तिक १४
प्रेस वक्तव्य

देश संविधानको कार्यान्वयन अन्तर्गत प्रतिनिधिसभा र प्रदेशसभाको निर्बाचनमा होमिईरहेकोबेला सरकारले माओवादी नेता बालकृष्ण ढुंगेललाई पक्राउ गर्नुले आममा आश्चार्यचकित बनाएको छ ।

 

 

द्वन्दकालका गम्भिर घटनामा ‘सत्य निरुपण तथा मेलमिलाप आयोग’ मार्फत हेरिने भन्ने बिस्तृत शान्ति सम्झौताको उलघंनमात्रै होइन देश निर्बाचनमा होमिईरहँदा निर्बाचन भाड्ने षड्यन्त्रस्वरुप गरिएको गिरफ्तारीप्रति हाम्रो संगठन आपक्ति व्यक्त गर्दछ ।

 

 

 

 

साथै ढुंगेलको मुद्दालाई आयोगमार्फत हल गर्न र उनलाई तत्काल रिहाई गर्न समेत माग गर्दै निर्बाचन भाड्न गरिएको षड्यन्त्रप्रति चनाखो र सचेत हुन समेत आम युवाहरुमा अपिल गर्दछ ।

 

 

 

ढुंगेललाई तत्काल रिहाई नगरिए देशभरका ७७ वटै जिल्लामा द्वन्दकालिन मुद्दाहरु व्युताएर घटनामा संलग्न नेपाली कांग्रेसका र राप्रपाका नेताहरुमाथि मुद्दा दायर गर्ने पहलकदमी लिन वाइसिएलका मातहतका जिल्ला समितिहरुलाई निर्देशित गर्दछ ।

 

 

क्रान्तिकारी अभिवादन सहित

राम प्रसाद सापकोटा ‘दीपशिखा’
अध्यक्ष
सुवोधराज शेर्पाली
महासचिव

प्रतिक्रिया दिनुहोस
Advertisement