एनसीसी बैंकमा सिआइबीको छापा, १३ कर्मचारी पक्राउ


काठमाडौँ–नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले नेपाल क्रेडिट एण्ड कमर्श बैंक लिमिटेड (एनसिसी) को केन्द्रीय कार्यालयका १३ जना कर्मचारीलाई नियन्त्रणमा लिएको छ ।

ब्यूरोले आज बैंकको केन्द्रीय कार्यालय कमलादीमा छापा मारी बैंकमा कार्यरत कर्मचारीलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको ब्यूरोका प्रवक्ता एवम् प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले दिए ।

उनका अनुसार तत्कालीन एपेक्स डेभलपमेन्ट बैंक र एनसिसी बैंक मर्ज हुने क्रममा एपेक्सका उच्च कर्मचारीले कर्जा प्रवाह गर्दा अनियमितता गरेको राष्ट्र बैंकले दिएको सूचनाका आधारमा उनीहरुलाई नियन्त्रणमा लिइएको हो ।  केही समयअघि एनसीसीसँग गाभिएको एपेक्स डेभलपमेन्ट बैंक लगायतका बैंकमा भएको घोटालाको अनुसन्धानका लागि सिआइबीले बैंकका ऋण अधिकृतसहितका अधिकारीहरुलाई नियन्त्रणमा लिएको हो ।

ब्युरोले मर्ज भएका बैंकहरुका अधिकारीमार्फत करिब २ अर्ब रुपैयाँ बराबरको घोटाला भएको प्रारम्भिक अनुसन्धानमा भेटिएपछि शुक्रबार बोर्ड बैठकमै छापा मारेको हो । ब्युरोका एसएसपी घनश्याम अर्यालका अनुसार बैंकमा ब्युरोका अधिकारीले अनुसन्धान गरिरहेको बताए ।

यी हुन् पक्राउ परेका आरोपीः

 

प्रतिक्रिया दिनुहोस
Advertisement