एसएसपी जोशीलाई एनसीसीको सम्मान


काठमाडौं- नेपाली कम्युनिटी सेन्टर (एनसिसी)ले नेपाल प्रहरीका एसएसपी उमेशराज जोशीलाई सम्मान गरेको छ । आइतबार एक विशेष समारोह आयोजना गरि सम्मान गरेको हो ।

अमेरिका भ्रमणमा गएका एसएसपी जोशीलाई नेपाल प्रहरीमा रही देश र समाजका लागि निर्भिक रुपमा योगदान गरेवापत सम्मान गरिएको आयोजक संस्था एनसिसिका अध्यक्ष तथा हिमालयन फाउन्डेसन कर्पका संस्थापक, सफल युवा व्यावसायिक यज्ञलाल श्रेष्ठले बताए ।

नेपाल प्रहरी इन्टरपोल शाखाका प्रमुख समेत रहेका एसएसपी जोशीले नेपाली कम्युनिटीबाट सम्मानित हुन पाउँदा खुशी लागेको बताउँदै यो सम्मानले आफूलाई आफ्नो कर्तव्य र दायित्वप्रति अझ जिम्मेवार बनाएको धारणा राखे ।

उनले अहिले समाज नयाँ शैलीको अपराधतर्पm उन्मुख भएकाले हरेक नागरिक सचेत हुनुपर्ने सुझाव दिए । उनले बिलासी जीवनले गर्दा अपराध बढिरहेको औल्यादै सबैले समान्य जीवनशैलीमा जोड दिनुपर्ने बताए । एनसिसिले निस्वार्थ रुपमा समाजको सेवा गरिरहेका व्यक्तित्वलाई हौसला स्वरुप यसप्रकारको सम्मान प्रदान गर्ने गरिएको जानकारी अध्यक्ष यज्ञलालले दिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement