काठमाण्डु – सहज र सुलभ सञ्चार सेवाको बढ्दो मागलाई ध्यानमा राख्दै एनसेलले आफ्ना प्रिपेड ग्राहकहरूका लागि ३ वटा नयाँ साप्ताहिक रिन्यूअल प्याकहरू सञ्चालनमा ल्याएको छ ।
१ हप्ताका लागि ग्राहकहरूको भ्वाइस, डेटा र एसएमएस सेवाको आवश्यकतालाई ध्यानमा राखी बजेटमैत्री विकल्पका रूपमा यी प्याकहरू सञ्चालनमा ल्याइएका हुन् ।
मंगलबारदेखि यी प्याकहरू लागू भएका छन् । भ्वाइस प्याकअन्तर्गत ग्राहकहरूले ७ दिनसम्म एनसेल वा नेपाल टेलिकमका नम्बरहरूमा अनलिमिटेड भ्वाइस कल गर्न मिल्ने अल नेपाल कल भ्वाइस प्याक करसहित मात्र ९९ रुपैयाँमा लिन सक्छन् । हप्ताभरका लागि डेटा, भ्वाइस र एसएमएस सेवा चाहिने ग्राहकले ९९ रुपैयाँमा २ जीबी डेटा, ४९ मिनेटको अल नेपाल कल र ९ अल नेपाल एसएमएस समावेश भएको सधैं अन प्याक लिन सक्छन् ।
डेटा मात्र चाहने ग्राहकले १५० रुपैयाँमा १० जीबी उच्च गतिको मोबाइल डेटा ७ दिनसम्म प्रयोग गर्न सक्छन् ।
यी प्याकहरूको प्रमुख विशेषता भनेको हरेक हप्ता प्याक आफैं रिन्यु हुने व्यवस्था हो, जसले ग्राहकलाई बारम्बार प्याकहरू लिनुपर्ने झन्झटबाट मुक्त बनाउँछ । ग्राहकहरूले ८१२३८९३ डायल गरी एनसेल एपमार्फत वा एनसेलका आधिकारिक खुद्रा बिक्रेताहरूमार्फत यी प्याकहरू लिन सक्छन् ।
ग्राहकहरूले आफ्नो आवश्यकताअनुसार सजिलै सेवाहरू रोजी झन्झटरहित रूपमा प्रयोग गर्न सकिने बनाउँदै नयाँ प्याकहरू सञ्चालनमा ल्याउन पाउँदा कम्पनी उत्साहित भएको एनसेलले जनाएको छ ।
सेवाहरू निर्वाध रूपमा प्रयोग गर्न प्रत्येक ७ दिनको रिन्यूअल अर्थात् नवीकरणको समयमा ग्राहकको मोबाइलको मेन ब्यालेन्समा आवश्यक ब्यालेन्स हुनुपर्ने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया