एनसेल र मेडिसिटी अस्पतालबिच साझेदारी, ग्राहकलाई नि:शुल्क चिकित्सक परामर्श सेवा

एनसेल र मेडिसिटी अस्पतालबिच साझेदारी, ग्राहकलाई नि:शुल्क चिकित्सक परामर्श सेवा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – एनसेल र नेपाल मेडिसिटी अस्पतालले गुणस्तरीय स्वास्थ्य सेवालाई सहज र किफायती बनाउने उद्देश्यका साथ एनसेलका ग्राहकहरूलाई नि:शुल्क चिकित्सक परामर्श सेवा उपलब्ध गराउन साझेदारी गरेका छन् ।

साझेदारीअन्तर्गत २९९ रुपैयाँ वा सोभन्दा माथिको प्याक वा रेन्टल सेवा लिने एनसेल ग्राहकहरूले नेपाल मेडिसिटी अस्पतालको बहिरङ्ग सेवामा नि:शुल्क चिकित्सक परामर्श सेवा लिन सक्नेछन् । ९९–२९९ रुपैयाँसम्मको प्याक वा रेन्टल सेवा लिएका ग्राहकहरूले बहिरङ्ग सेवाअन्तर्गत चिकित्सक परामर्श शुल्कमा २० प्रतिशत छुट पाउनेछन् ।

मंगलबार आयोजित एक कार्यक्रममा एनसेलका चीफ कन्ज्युमर बिजनेस अफिसर उपाङ्ग दत्ता र नेपाल मेडिसिटी अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा. अमित तोमरले यससम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन् ।

सहकार्यबारे बोल्दै दत्ताले भने, ‘नेपाल मेडिसिटीको स्वास्थ्य सेवालाई एनसेलका प्याकसँग जोडेर हामीले मोबाइल सेवा लिएका उपभोक्ता तथा प्रयोगकर्ताहरूलाई थप लाभ प्रदान गर्दैछौँ । यसमा नि:शुल्क चिकित्सक परामर्श सेवादेखि परामर्श शुल्कमा उल्लेखनीय छुटसम्मको व्यवस्था रहेको छ । साझेदारीले हाम्रा ग्राहकहरूलाई केवल कनेक्टिभिटी मात्र नभई स्वस्थ जीवनका लागि पनि सहयोग सुनिश्चित गर्दछ । यो हाम्रा ग्राहकहरूका लागि साँच्चै महत्वपूर्ण हुनेछ र यो ग्राहकलाई लाभ प्रदान गर्ने हाम्रो प्रतिबद्धताको अर्को कदम हो ।’

साझेदारी अन्तर्गतको सेवा लिन योग्य एनसेल ग्राहकहरूले एनसेल एपमा लगइन गर्नुपर्ने हुन्छ । त्यसपछि एपभित्र पार्टनर्ड सर्भिसेज खण्डमा गई नेपाल मेडिसिटी अस्पताल छनोट गर्नुपर्ने हुन्छ । एपले योग्य ग्राहकहरूले प्राप्त गर्ने सुविधाको विवरण स्वत: देखाउनेछ । योग्य नदेखिएका ग्राहकहरूले यसका लागि आवश्यक प्याक वा रेन्टल सेवा लिएर यस सुविधाको लाभ लिन सक्नेछन् ।

‘चिकित्सा सेवामा पहुँच प्रदान गर्नु मात्र नभएर यस साझेदारीले कसरी कर्पोरेट र स्वास्थ्य संस्थाहरूले मिलेर नेपालभरका समुदायहरूका लागि गुणस्तरीय स्वास्थ्य सेवालाई थप पहुँचयोग्य, समावेशी र किफायती बनाउन सक्छन् भन्ने देखाउँछ,’ यस्ता सहकार्यहरूले नेपालको स्वास्थ्य सेवा प्रणालीलाई सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्न सक्ने बताँउदै तोमरले भने ।

सहकार्य कनेक्टिभिटीमा मात्र सीमित नभई विश्वसनीय ब्रान्ड तथा अत्यावश्यक सेवा प्रदायकहरूसँगको साझेदारीमार्फत ग्राहकहरूलाई सान्दर्भिक र अर्थपूर्ण सुविधाहरू उपलब्ध गराउने एनसेलको निरन्तर प्रयासको एक अंश हो । यस्ता पहलहरूमार्फत एनसेलले आफ्ना ग्राहकका लागि दैनिक जीवनमा थप मूल्य सिर्जना गर्दै उनीहरूको हित तथा कल्याणमा योगदान पुर्‍याउने लक्ष्य राखेको जनाइएको छ ।