काठमाण्डु– एनसेलका प्रमुख कार्यकारी अधिकृत (सीईओं) माइकल फोलेले पदबाट राजीनामा दिएका छन् ।फोलेले पारिवारिक कारण देखाउँदै राजीनामा दिएको एनसेलले जनाएको छ ।
एनसेलसँग सम्बन्धित विभिन्न विषयमा बोर्ड पदाधिकारी तथा विदेशी लगानीकर्तासमेत कानुनी प्रक्रियामा तानिन थालेपछि कम्पनीको नेतृत्वमाथि दबाब बढेको बताइएको छ।
उनी गत वर्षको असोज अन्तिम साता एनसेलको सीईओ बनेका थिए ।
नेपालमा व्यावसायिक गतिविधि सञ्चालन गर्न सहज वातावरण नरहेको निष्कर्षमा पुगेपछि फोलेले पद छाड्ने निर्णय गरेको स्रोतको दाबी छ। यद्यपि, एनसेलले भने उनको राजीनामाको कारण पारिवारिक रहेको जनाएको छ।
फोलेले भदौ ९ गते दिएको राजीनामा स्वीकृत भइसकेको छ। नयाँ सीईओ नियुक्त नभएसम्म एनसेलका प्रमुख कर्पोरेट तथा नियामकीय मामिला अधिकृत डिल्लीराम श्रेष्ठले अन्तरिम रूपमा सीईओको जिम्मेवारी सम्हालिरहेका छन्।




प्रतिक्रिया