एनसेल शेयर बिक्री प्रकरणमा शीघ्र अध्ययन गर्न प्रधानमन्त्री प्रचण्डको निर्देशन


काठमाण्डु – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर बिक्री प्रकरणका सम्बन्धमा गम्भीर चासो व्यक्त गरेका छन् ।

एनसेल शेयर बिक्री प्रकरणमा शीघ्र अध्ययन गर्न प्रधानमन्त्री प्रचण्डले सम्बन्धित निकायलाई निर्देशन दिएका उनको सचिवालयले जनाएको छ ।

सचिवालयले भनेको छ, ‘प्रधानमन्त्रीले यस सम्बन्धमा प्रचलित कानूनी प्रावधानको पालना भए/नभएको, शेयर बिक्री वितरण गर्दा प्रचलित विधि र प्रक्रिया पालना भए/नभएको एवं यसबाट नेपाल नेपालको दूरसञ्चार क्षेत्र र विदेशी लगानीमा पर्ने असर तथा नेपाल सरकारको राजस्व लगायतका विषयमा पर्ने प्रभावका बारेमा सम्बन्धित निकायलाई शीघ्र अध्ययन गर्न निर्देशन दिनुभएको छ ।’

एनसेलको शेयर बिक्री प्रकरण सार्वजनिक भएपछि राजनीतिक वृत्तमा टिकाटिप्पणी भइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement