एनसेल फाउन्डेसनद्वारा गोदावरी नगरपालिकाका बाढीपहिरो पीडितलाई राहत वितरण

एनसेल फाउन्डेसनद्वारा गोदावरी नगरपालिकाका बाढीपहिरो पीडितलाई राहत वितरण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – असोज ११ र १२ गते देशभर परेको वर्षाले निम्त्याएको बाढीपहिरोको विनाशपछि एनसेल फाउन्डेसनले ललितपुरको गोदावरी नगरपालिकाका पीडित परिवारहरूलाई राहत प्याकेज वितरण गरेर सहयोग गरेको छ ।

एनसेल फाउन्डेसनले गोदावरी नगरपालिकाका बाढीपहिरोले धेरै क्षति पुर्‍याएका ५ वटा वडाहरू (वडा नम्बर ४, ७, ८, १० र १३) का करीब २०० परिवारलाई आवश्यक राहत सामग्री वितरण गरेको छ ।

‘संकटको समयमा हामीले समुदायलाई साथ दिनु हाम्रो कर्तव्य हो । हामी सबै एक ठूलो परिवारको रूपमा कनेक्टेड छौं,’ एनसेलकी कर्पोरेट कम्यूनिकेसन्स एण्ड सीएसआर हेड विशाखा लक्ष्मी खड्काले भनिन् ।

गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले भने, ‘विपद्को यो कठीन घडीमा एनसेल फाउन्डेसनबाट हाम्रो नगरपालिकाका विभिन्न वडाका पीडितहरूलाई आएको यो राहत एकदमै ठूलो सहयोग हो । यसका लागि एनसेलप्रति हामी आभारी छौं । अब हामीले पुनःस्थापनामा काम गर्नुपर्नेछ ।’
राहत सामग्रीमा खाद्यान्न, भान्सामा प्रयोग हुने भाडाकुडाहरू, हाइजिन किट, ब्याल्ङ्केट र म्याट लगायतका सामानहरू रहेका छन्, जसले प्रभावित परिवारहरूको अत्यावश्यक आवश्यकतालाई सम्बोधन गर्ने विश्वास लिइएको छ । गोदावरी नगरपालिका र कर्मयोग फाउन्डेसनसँगको सहकार्यमा एनसेलका कर्मचारीहरूले प्रभावित वडाहरूमा पुगेर पीडित परिवारका उपस्थित सदस्यहरूलाई राहत सामग्री हस्तान्तरण गरेका थिए ।

खड्काले राहत सहयोगबारे थप प्रकाश पार्दै भनिन्, ‘एनसेल फाउन्डेसनले विभिन्न सामाजिक कार्यहरू गर्दै ग्रासरुट लेभलमा आवश्यक सहयोग पुर्‍याउँदै आएको छ र भविष्यमा पनि आपतविपद्मा सहयोग पुर्‍याउन तत्पर छौं । सरकारका सम्बन्धित निकाय र साझेदारहरूसँग सहकार्य गर्दै हामी राहत वितरणका साथै विपद् प्रतिकार्यमा अन्य के गर्न सकिन्छ भनेर काम गरिरहेका छौं ।’

एनसेल फाउन्डेसन, कर्मयोग फाउन्डेसन र गोदावरी नगरपालिका बीचको साझेदारीले यस चुनौतीपूर्ण समयमा बाढीपहिरो पीडितहरूका लागि ठूलो सहयोग सावित भएको छ । स्थानीय निकायले यो सहकार्यले पीडित परिवारहरूलाई ठूलो महत्त्व राखेको हुनाले प्रशंसा गरेका छन् ।

एनसेलले भनेको छ, ‘एनसेल फाउन्डेसनको यस पहलले संकटको समयमा सहानुभूति र एकताको महत्त्वलाई पुनः पुष्टि गरेको छ र एनसेल फाउन्डेसनको सामाजिक उत्तरदायित्वप्रतिको दृढ प्रतिबद्धतालाई थप स्पष्ट पारेको छ ।’ एनसेल फाउन्डेसनले परिस्थितिको मूल्यांकन गरेर सम्बन्धित निकाय र साझेदारसँगको सहकार्यमा पीडित परिवारहरूको पुनःस्थापनामा पनि सहयोग पुर्‍याउन प्रतिबद्ध रहेको जनाएको छ ।