एनइए कप बास्केटबल भोलिदेखि


काठमाडौं- नवजीवन एजुकेसनल एकेडेमी (एनइए) को आयोजनामा छैटौं एनइए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ । प्रतियोगितामा सिनियर ब्वाइज, जुनियर ब्वाइज र सिनियर गल्र्समा जम्मा ३२ टिमको सहभागिता रहने नवजीवनका प्रिन्सिपल विष्णुप्रसाद ढकालले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।

सिटिजन्स बैंक खुला टेनिसको मिक्स डबल्समा प्रतिस्पर्धा गर्दै आइरा रावत

सिनियर ब्वाइज र जुनियर ब्वाइजमा समान १२–१२ टिमले भाग लिने छन् भने सिनियर गल्र्समा ८ टिमको सहभागिता रहनेछ । ब्वाइज टिमलाई ४ समूह तथा गल्र्सलाई २ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ । प्रतियोगिता सञ्चालन गर्न करिब २ लाख ५० हजार रुपैयाँ खर्च हुने प्रतियोगिता संयोजक पूर्ण न्यौपानेले जानकारी दिए ।

सिटिजन्स बैंक खुला टेनिसको ४५ वर्षमाथि सिंगल्समा विमल गुरुङ विरुद्ध प्रतिस्पर्धा गर्दै कृष्णराज घले ।

नवजीवनका चेयरम्यान तुलसीप्रसाद सिटौला र प्रबन्ध निर्देशक बासुदेव पोखरेलले प्रतियोगिताको विविध पक्ष बारे प्रकाश पारेका थिए । आठदिने प्रतियोगिताका खेलहरु सामाखुशीस्थित आयोजककै कोर्टमा हुनेछ ।

तेक्वान्दो टोली कोरिया प्रस्थान
वैदेशिक प्रशिक्षणका लागि तेक्वान्दो खेलाडी बिहीबार दक्षिण कोरियाको सिओल प्रस्थान गरेका छन् । ५–५ पुरुष÷महिला खेलाडीसहित ११ सदस्यीय टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले बिहीबारै सातादोबाटोमा एक कार्यक्रमबीच बिदाइ गरे ।
पुरुष खेलाडीमा सागर गुभाजु, वीरबहादुर महरा, ज्ञानेन्द्र हमाल, भुपेन श्रेष्ठ र अनोज पुजारी रहेका छन् ।

दक्षिण कोरियाको सिओलमा वैदेशिक प्रशिक्षणमा सहभागी हुने तेक्वान्दो टोली ।

महिलामा अस्मिता खड्का, निमा गुरुङ, ज्ञानी पुजारा, संगीता बस्याल र निशा रावल छन् । प्रशिक्षकमा संगीना वैद्य छिन् । भुपेन, संगीता र निशा भने अर्को सातामा सिओल जाने नेपाल तेक्वान्दो संघले जनाएको छ । उनीहरुले छुङ वो मार्सल आर्ट्स इन्स्टिच्यूटमा करिब ३ महिना प्रशिक्षण गर्ने कार्यक्रम छ ।

दक्षिण कोरियाको सिओलमा वैदेशिक प्रशिक्षणमा सहभागी हुने तेक्वान्दो टोली ।

गुरु चेलीको जोडी च्याम्पियन
गुरु श्रीराम मगर र चेली आइरा रावतको जोडी छैटौं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताको मिक्स डबल्समा बिहीबार च्याम्पियन बनेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कोर्टमा भएको फाइनलमा श्रीराम र आइराको जोडीले प्रणव खनाल र माहिका राणाको जोडीलाई ७–५, ३–६ र ११–९ को सेटमा पराजित गरे ।

एनइए कप अन्तरविद्यालय बास्केटबल बारे जानकारी गराउदै आयोजक ।

भेट्रान ३५ वर्षमाथि पुरुष सिंगल्समा कमल भण्डारी पहिलो भए । उनले फाइनलमा महेश श्रेष्ठलाई ६–४ र ६–१ को सेटमा हराए । ६५ वर्षमाथि पुरुष सिंगल्सको उपाधि ज्ञानेन्द्र ताम्राकारले जिते । उनले उपाधि भिडन्तमा दीपक श्रेष्ठको चुनौती ४–० र ५–३ ले समाप्त पारे ।

भेट्रान ४५ वर्षमाथि पुरुष सिंगल्समा कृष्णराज घले र विनोद गुरुङ फाइनलमा भिड्ने छन् । सेमिफाइनलमा कृष्णले विमल गुरुङलाई ७–५ र ६–१ तथा विनोदले विकास गुरुङलाई ६–४ र ६–२ को सेटमा पाखा लगाए । सोही उमेरसमूहको डबल्समा कृष्णराज घले र सुवर्ण धाक्वाको जोडीले प्रताप मोक्तान र थोङबम तुलेश्वर सिंहको जोडीलाई ६–१ र ६–३ तथा राजु क्षेत्री र सुदर्शन विष्टको जोडीले डेगेन्द्र श्रेष्ठ र सन्जिव श्रेष्ठको जोडीलाई ७–५ र ६–२ ले पन्छ्याउदै फाइनलमा स्थान सुरक्षित गरे ।

एनइए कप अन्तरविद्यालय बास्केटबल बारे जानकारी गराउदै आयोजक ।

भेट्रान ५५ वर्षमाथि पुरुष डबल्समा मनोज राणा र छ्याम्बा डुन्डुपको जोडीले ज्ञानेन्द्र ताम्राकार र ध्रुव गुरुङको जोडीलाई ६–२ र ७–५ तथा राजनसिंह भण्डारी र करिम मुल्लाहको जोडीले दीपक श्रेष्ठ र अमृत कंशाकारको जोडीलाई १–६, ६–३ र १२–१० को सेटमा पाखा लगाउदै फाइनलमा स्थान सुरक्षित गरे ।
प्रतियोगिताअन्तर्गत शुक्रबार पुरुष डबल्स, पुरुष ३५ वर्षमाथि, ४५ वर्षमाथि र ५५ वर्षमाथि डबल्स तथा पुरुष ४५ वर्षमाथि र ५५ वर्षमाथि सिंगल्सको फाइनल हुनेछ ।

वडा ७ विजयी
वडा नम्बर ७ ले वडा स्तरीय मेयर कप यु–२० फुटबल प्रतियोगितामा बिहीबार जित हात पारेको छ । वडा ७ ले १ लाई ४–० गोलले पराजित ग¥यो । विजयी टिमका लागि निरज कार्कीले २ तथा सन्जिव लामा र सलोन थापाले १–१ गोल गरे । वडा ४ र ६ बीचको खेल गोलरहित बराबरीमा टुंगिएको आयोजक कागेश्वरी मनोहरा नगर खेलकुद विकास समितिका सदस्य अशोक खड्काले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement