काठमाडौं र ललितपुरका यी क्षेत्रमा आज विद्युत् अवरूद्ध हुने


काठमाण्डु – नेपाल विद्युत प्राधिकरणले शनिबार (आज)  काठमाडौं र ललितपुरका विभिन्न ठाउँमा ८ घण्टा बिजुली बन्द गर्ने भएको छ । टेकु सबस्टेसनबाट आपूर्ति भइरहेका विभिन्न फिडरहरुमा आज बिहान साढे ८ बजेदेखि अपराह्न साढे ४ बजेसम्म विद्युत् सेवा बन्द हुनेछ ।

नेपाल विद्युत् प्राधिकरणले एक सूचना गर्दै यस्तो जनाएको हो । सबस्टेशनमा मर्मत्का लागि विद्युत सेवा बन्द गरिन लागिएको हो । टेकु सबस्टेसन स्तरोन्नती गरी टेकू–स्युचाटार ६६ केभी लाइन १३२ केभी मा चार्ज गर्ने काम भइरहेको छ।

प्राधिकरणका अनुसार बागमती फिडर अन्तर्गतका सानेपा राम मन्दिर,गुसिगाल,एडभान्स कलेज, अमरावती, सानेपा मोड र रेडिएण्ड स्कुल क्षेत्रमा विद्युत सेवा बन्द हुनेछ । त्यस्तै पुल्चोक फिडर अन्तर्गतका बल्खु, झम्सीखेल, पुल्चोक र ठाडोढुंगा क्षेत्रमा पनि बिजुली जाने प्राधिकरणले जनाएको छ

त्रिपुरेश्वर फिडरअन्तर्गतका स्थानहरुमा पनि विद्युत प्रभावित हुनेछ । सो अन्तर्गत टेकूदेखि पचली भैरव, उद्योग वाणिज्य संघ हुँदै सुकुम्बासी वस्ती,वर्ल्ड ट्रेड सेन्टर तथा थापाथली स्विचिङ अन्तर्गतका टेकुदेखि त्रिपुरेश्वर चोकसम्म, आशा अस्पताल, वर्ल्ड ट्रेड सेन्टर, रंगशाला, नर्भिक अस्पताल, प्रसूति गृह हुँदै बबरमहलसम्म, सेनपा, कुपन्डोल, स्थानीय विकास मन्त्रालय र पुल्चोक क्याम्पसम्म विद्युत नहुने प्राधकिरणले जारी गरेको सूचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement