चिनियाँ दूतावास अगाडि नेविसंघको प्रर्दशन, ६ जना पक्राउ


काठमाण्डु – हुम्लामा भूमि अतिक्रमण गरेको भन्दै चिनियाँ दूतावास अगाडि प्रर्दशनमा उत्रिएका नेपाल विद्यार्थी संघ (नेविसंघ) का कार्यकर्ता पक्राउ परेका छन् ।

हुम्ला जिल्लाको नाम्खा गाउँपालिका – ६ लिमिलाप्चामा मिचिएको नेपाली भूमि फिर्ता गर्न माग गर्दै चिनियाँ दुतावासमा प्रर्दशन गर्न गएका नेविसंघका ६ जना कार्यकर्ता पक्राउ परेका हुन् ।

आन्दोलनमा नेविसंघका नेताहरु नवराज त्रिपाठी, प्रनिल तामाङ, सुवोध ओली, विन्दा बोगटी, अर्बत खड्का, दिपेन्द्र खड्कालाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुले चीनविरुद्ध नाराबाजी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement