भारतीय हस्तक्षेप विरुद्ध नेविसंघको प्रद्धर्शन जारी


काठमाडौं – नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले नेपालको भुमीमा भारतले गरेको हस्तक्षेप विरुद्ध निरन्तर आन्दोलन गरिरहेको छ ।

नेविसंघले बिहिवार पनि नेविसंघ ग्रामिण आदर्श बहुमुखी क्याम्पस र एनआर बहुमुखी क्याम्पसको आयोजनामा भारतीय हस्तक्षेपका विरुद्ध बृहत प्रदर्शन गरेको छ । दुबै क्याम्पस गेटबाट निकालिएको र्याली नेपालटार, बाइपास, माछापोखरी हुँदै क्याम्पस अगाडि आएर सभामा परिणत भएको थियो ।

नेविसंघ सामुदायिक क्याम्पस समन्वय समितीका केन्द्रिय सभापति परोपकार अधिकारीको नेतृत्वमा भएको बिरोध प्रदर्शनमा, नेबिसंघका नेताहरू सुबास अधिकारी, राजु अधिकारी, राजेन्द्र फुयाल, चन्द्र रावत, मातृकाप्रसाद उपाध्यय, सुसान्त शिटौला, रियाज शर्मा पाठक, सिलास थापा, दीपेन्द्र ढकाल लगायत अन्य नेता तथा विद्यार्थी, स्थानीय बासिको उपस्थिति रहेको थियो । सभालाई विद्यार्थी नेताहरु राजेन्द्र फुयाल, सुसान्त सिटौला, दिपेन्द्र ढकाल लगाएतले सम्बोधन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement