काठमाण्डु राष्ट्र बैंकको नयां गभर्नर नियुक्ति प्रक्रिया अघि बढेको छ । सरकारले हालका गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल सकिन केही दिन बांकी रहंदै नयां गर्भनरको नियुक्तिको प्रक्रिया अघि बढाएको हो । गर्भनर अधिकारी चैत २४ मा अवकास पाउंदैछन् ।
मन्त्रिपरिषदको बैठकले अर्थमन्त्री विष्णु पौडेलेको अध्यक्षतामा दुई जना सदस्य रहने गरी समिति गठन गरेको छ । समितिमा पूर्व गर्भनर विजयनाथ भट्टराई र अर्थविद् डा. विश्व पौडेल सदस्य छन् । पूर्व गर्भनर भट्टराई र पौडेल दुवै कांग्रेस निकट हुन् ।
समितिले गभर्नर नियुक्तिका लागि तीन जनाको नाम सिफारिस गर्नेछ । गभर्नरका लागि नीलम ढुंगाना तिम्सिना, प्रकाश श्रेष्ठ, रविन्द्र पाण्डे,रामेश्वर खनाल र राजेन्द्र कुमार क्षेत्रीलगायत प्रतिस्पर्धामा छन् ।
कांग्रेस र एमालेबीच गभर्नर नियुक्तिका लागि मोटामटी सहमति जुटिसकेको स्रोतको दावी छ । गभर्नर नियुक्ति गर्न भन्दै स्वार्थ समूह समेत लविङमा लागेको छ । उनिहरुले अनेक विकल्पमा चलखेल गरिरहेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच गभर्नरमा ढुंगानालाई ल्याउने सहमति भएको स्रोतले दावी गरेको छ । डेपुटी गभर्नरमा भने गुणाकर भट्टको नियुक्ति हुने सम्भावना बढी छ ।
प्रतिक्रिया