नायिका नीता ढुंगानाको पत्रकारलाई अमेरिकाबाटैं सन्देश, ‘चियाँ खाएर भलाकुसारी गरौला’


नायिका नीता ढुंगाना अहिले अमेरिकामा छिन् । केही समयअघि आफै फिल्म निर्माणमा समेत हात हाल्ने उद्घोष यी सुन्दरी नायिकाले गरिसकेकी छिन् ।

तर, अमेरिका भ्रमणमै रहेका बेला एक अनलाइनमा उनको समाचार आयो—चलचित्र पाउन छाडेपछि नीता अमेरिका पलायन, फर्कने सम्भावना न्युन । उक्त समाचारमा नीता फिल्म पाउन छाडेपछि अमेरिका उडेको र उत्तै हराउने कुरा उल्लेख थियो ।

नायिका नीताले भने उक्त समाचारलाई खण्डन गरेकी छिन् । उनले नेपाली फिल्म उधोगमा आफ्नो सम्बन्धका विषयमा उक्त समाचार लेख्ने पत्रकारलाई बुझाउने बताएकी छिन् ।

‘यो लेख्ने पत्रकार भाइ वा बहिनी जो हुनुहुन्छ, उहाँसँग बसेर चिया खाँदै भलाकुसारी गर्न मन छ,’ उनले उक्त समाचारको लिंक आफ्नो फेसबुकमा सेयर गर्दै लेखेकी छिन्, ‘डन्ट वरी १० दिनपछि नेपाल आएर म र मेरो फिल्म इन्डष्ट्रीको सम्बन्ध के छ, राम्रोसँग तपाईलाई बुझाउला सि यु, हैन त साथीहरु ।’

प्रतिक्रिया दिनुहोस
Advertisement