नेहा कक्कड काठामाडौं आउँदै


एजेन्सी – बलिउडकी चर्चित गायिका नेहा कक्कड आफ्नो सांगीतिक प्रस्तुतिका लागि पहिलो पटक काठमाडौं आउने भएकी छन् ।

आउँदो जेठ २५ गते शनिबार आयोजना हुने ‘नेहा कक्कड लाइभ’ मा नेहाले आफ्ना लोकप्रिय गीत–संगीत प्रस्तुत गर्दैछिन् । नेहाले ठमेलमा रहेको २५ सय दर्शक क्षमताको लर्ड अफ् ड्रिङ्क्स (एलओडी) मा प्रस्तुत गर्न लागेको हुन् ।

आयोजक पारामाउन्ट इन्टरटेन्मेन्टले जारी गरेको विज्ञप्तिका अनुसार, ‘नेहा कक्कड लाइभ’ कार्यक्रम जेठ २५ गते शनिबार राति ८ बजेपछि प्रारम्भ हुनेछ । कन्सर्टमा सहभागिता जनाउन गायिका कक्कड जेठ २४ गते शुक्रबार नै आफ्ना ब्याण्डका संगीतकर्मीसहित काठमाडौं आउनेछिन् ।

आयोजक संस्थाका सञ्चालक जनार्दन ढुंगेलका अनुसार, कन्सर्टमा नेहाको ब्याण्डका संगीतकर्मी तथा यो सिजनको इण्डियन आइडलका टप टेन प्रतिस्पर्धीसहित १८ जना संगीतकर्मीहरुको समूहले आफ्नो सानदार प्रस्तुति दिनेछन् । ढुंगेलका अनुसार, नेहा कक्कड लाइभमा नेपाली गायक–गायिकाहरुको पनि सहभागिता रहनेछ ।

कन्सर्टका आयोजक दीपक घिमिरेका अनुसार कार्यक्रमका लागि अग्रिम बुकिङ प्रारम्भ भैसकेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement