चितवनमा सिटी हल र क्रिकेट मैदान बनाउने प्रचण्डको उदघोष


काठमाडौं – नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबार भरतपुर महानगरमा २०७५–७६ मा सञ्चालन हुने आयोजनाहरुको घोषणा कार्यक्रममा चितवनमा सिटी हल र क्रिकेट मैदान बनाउने द्घाेष गरेका छन्।

कार्यक्रममा सहभागी हुन अध्यक्ष प्रचण्ड महासचिव विष्णु पौडेलसहित चितवन पुगेका हुन्। ‘मैले हिजोको चियापानपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेरै यो विषयमा कुरा राखेको हुँ’, अध्यक्ष प्रचण्डले भने, ‘उहाँले चितवनमा सिटी हल र क्रिकेट मैदान पनि बनाउने हो उद्घाेष गर्दिनुहोस् भनेर भन्नुभयो।’

अध्यक्ष प्रचण्डले हुलाकी मार्ग चितवनको सबैभन्दा पहिला बन्ने जानकारी दिए। उनले भारतीय राजदूततले आफूलाई फोन गरेर हुलाकी राजमार्गको चितवन खण्ड सबैभन्दा पहिले बन्ने जानकारी गराएको बताए। उनले चितवनका लागि आफूले गर्ने सक्ने काम पनि नसकेको बताए। ‘बाहिरबाट हेर्दा प्रचण्डले चितवन, चितवन मात्रै भनेजस्तो पनि देखिन्छ’, उनले भने, ‘तर मैले नै सरकारका तवरबाट भएका कामको तुलनमा त्यति काम गर्न सकेको छैन्।’

प्रतिक्रिया दिनुहोस
Advertisement