काठमाडौं उपत्यका नछाड्न सांसदलाई नेकपाको निर्देशन


काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आफ्ना सांसदहरुलाई काठमाडौं उपत्यकाबाहिर नजान निर्देशन दिएको छ । कोरोना भाइरसको सन्त्रास बढिरहेको अवस्था र सदन चलिरहेका बेला उपत्यका नछाड्न निर्देशन दिएको हो ।

वैशाख २५ गते सांसदहरुको कोरोना परीक्षण गरिएको थियो। संसदको बजेट अधिवेशन २६ गतेबाट सुरू भएको हो । नेकपाले स्वास्थ्य दृष्ट्रिकोणलाई ध्यानमा राख्दै आफ्ना सांसदलाई यस्तो निर्देशन दिएको हो ।

सरकारले तर्फबाट जेठ २ गते नीति तथा कार्यक्रम सांसदमा प्रस्तुत गर्दैछ । त्यस्तै जेठ १५ गते बजेट प्रस्तुत हुँदैछ ।

प्रतिक्रिया दिनुहोस
Advertisement